मनोरंजन

कान्छी गायिकाको लहर !

धादिङकी ११ वर्षीया कमला घिमिरे लोकदोहोरी गीत गायर चर्चामा छिन् । कमलाले लोकदाहारी क्षेत्रका कलाकारहरुसँग प्रत्यक्ष दोहोरी खेलेर सबैलाई प्रभावित तुल्याएकी हुन् ।

कमलाले गाएको लाइभ दाहोरी अहिले युट्युबमा भाइरल भइरहेको छ । उनको लाइभ दोहारीको भिडियो लाखौं पटक हेरिएको छ । कमलाले कृष्ण कँडेलले सञ्चालन गर्ने लोकदोहोरी कार्यक्रम ‘इन्द्रणी’मा उनले राजु परियार, टीका सानु, रवीन लामिछाने आदि गायक–गायिकासँग लाइभ दोहारी गाएकी थिइन् ।

कमलाको चर्चा चलिरहँदा पाँच वर्षीया बालगायिका विशेषता पराजुलीले पहिलो पटक दँसै गीत गाएकी छिन् । ‘रातो टीका जमरा…’ शीर्षकको उक्त गीतमा यी बालगायिकालाई गायकहरु विश्वास पराजुली, माधव पराजुली तथा गायिका अर्चना स्याङ्तानले साथ दिएका छन् ।

यी दुई बाल गायिकासँगै ६ वर्षीया रबिना बसेल पनि आफ्नो पहिलो बालगीतसहित दर्शक तथा श्रोतामाझ आएकी छिन् । गीतकार अम्बिका गुरुङको शब्दको ‘हात्ती दाइ हात्ती दाइ’ शीर्षकको बाल गीत गाउँदै रबिना सांगीतिक क्षेत्रमा आएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *