अन्तरास्ट्रिय

सारालाई यस्तो टिप्स दिन्छिन् मम्मी करीना

बलिउड अभिनेत्री करीना कपूर सधैँ चर्चामा नै रहने गर्छिन् । आमा बनिसकेपछि पनि उस्तै हट र फिट करीनालाई बलिउड उद्योगमा हट अभिनेत्रीको रुपमा लिइछ । तर यतिबेला भने करीना आफ्नी सौतेनी छोरी सारा अली खानको स्टाइल र फेसनमा व्यस्त भएका कारण चर्चामा आएकी छिन् ।

सैफ र अमृताकी छोरी सारा ले पहिलो फिल्मबाट नै बलिउडमा राम्रो स्थान बनाइसकेकी छिन् । दुईवटा फिल्ममा सफलता पाइसकेकी सारामा फेसन सेन्स भने कम भएको टिप्पणी सुन्नमा आउने गर्छ ।

यतिबेला करीना साराको फेसनलाई परिस्कृत गर्नमा लागि परेकी छिन् । उनी सारालाई स्टाइलिश टिप्स दिइरहेकी छिन् । उनी सारालाई कस्तो पहिरन लगाउने, कस्तो फेसन गर्ने भन्ने बारेमा सिकाइरहेकी छिन् ।

आमिर खान र सैफ अलिखान एउटै पर्दामा देखिने
पहिलोपटक बलिउडको कुनै फिल्ममा सुपरस्टार आमिर खान र सैफ अलि खान सँगै देखिने भएका छन्।आमिर खान अहिले ‘लाल सिंह चड्डा’ फिल्मको सुटिङ तयारीम छन्। त्यसलगत्तै उनी एउटा तामिल फिल्म ‘बिक्रम वेदा’को सुटिङ गर्नेछन्।

‘विक्रम वेदा’मा आमिर खान एक खुङ्खार ग्याङस्टरको भूमिकामा देखिनेछन् भने सैफ अलि खान प्रहरीको भूमिकामा हुनेछन्।आगामी अप्रिलदेखि यो सिनेमाको सुटिङ हुने भारतीय सञ्चारमाध्यमकहरुले जनाएका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *