राजनिति

रविन्द्र मिश्र भन्छन् ‘गैरआवासीय नेपालीको खिसिट्युरी नगरौँ’

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौँ महाधिवेशनका क्रममा केही उच्छृङ्खल घटनाहरु भए । जसले गर्दा विदेशमा बसेका नेपालीहरुको पारा पनि नसुध्रिएको भन्दै आलोचना भइरहेको छ ।तर साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले केही व्यक्तिहरुको गैरजिम्मेबार व्यवहारका कारण सम्पूर्ण गैरआवासीय नेपालीलाई गाली नगर्न सुझाव दिएका छन् ।

‘विषयहरूलाई समग्रतामा हेरिनु पर्छ। सानो समूहको भ्रष्टता र गैरजिम्मेवारीका कारण सबै नेपाली खत्तम भन्न मिल्दैन। एनआरएनएको सानो समूहको वितण्डाका कारण सबैको खिसिट्युरी गर्नु गलत हुन्छ। अधिकांंश गैरआवासीय नेपाली असल, नेपाललाई मायाँ गर्ने र परोपकारी छन्। त्यो नबिर्साैँ’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।

तत्काल मन्त्रिमण्डल पुनर्गठन हुँदैनः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सरकार फेरबदलको कुनै सम्भावना नरहेको बताएका छन् । उनले मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे ।

‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ’, धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने ।सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकोले यो प्रश्न आफूलाई नगर्न पनि प्रचण्डले पत्रकारलाई आग्रह गरे ।

‘सरकार फेरबदलको कुरा के हो?’, पत्रकारको जिज्ञासामा प्रचण्ड भन्छन्, ‘यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ ।’

‘तपाईँ पनि त पार्टीको अध्यक्ष हो नि’ पत्रकारको थप जिज्ञासामा प्रचण्डले भने, ‘हो म पनि अध्यक्ष हुँ, मन्त्री फेर्दा पक्कै मलाई सोधिन्छ होला तर अहिलेसम्म हामीबीच त्यस्तो कुनै छलफल र चर्चा भएको छैन ।’प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन भए सुदूरपश्चिमलाई प्राथमिकता दिइने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *