मनोरंजन

अभिनेता अनमोलबारे अनौठा कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतमा व्यस्त र सबैभन्दा महँगा अभिनेता हुन् अनमोल के सी । उनको जन्म सन् ३० मार्च, १९९४,काठमाडौँमा भएको हो । उनी स्टार अभिनेता अनमोल के सी र सुस्मिता बमजनको छोरा हुन् ।

उनले आफ्नो अध्ययन मल्फी इन्टरनेशनल कलेजबाट पुरा गरेका हुन् । उनलाई घुम्न, म्युजिक सुन्न मनपर्छ ।उनले अभिनय गरेका सुपरहिट फिल्महरु होस्टल, जेरी, ड्रिम्स, गाजलु, कृ, ऐ मेरो हजुर ३ क्याप्टेन हुन् ।

उनले पाएका अवार्डहरु

बेस्ट डेब्यु एक्टर २०१३,स्टार अफ दि इयर २०१६,पपुलर एक्टर अफ दि इयर २०१६,महा जुरी अवार्ड २०१६,एनएफडिसी बेस्ट एक्टर २०१८,डि सिने बेस्ट मेल एक्टर अवार्ड २०१८ रहेका छन् ।

उनलाई मनपर्ने अभिनेत्री नम्रता श्रेष्ठ हुन् । उनले ड्रागनका् टाटु खोपाएका छन् ।उनले कृ फिल्मका लागि २० लाख रुपैयाँ पारिश्रमिक लिएका थिए । यसले गर्दा उनको स्टारडममा अर्को उचाइ थपिएको थियो ।

अनमोललाई प्राय घरभित्र नै बस्न मनपर्छ । उनी संगित रम्ने र फिल्महरु हेर्न रमाइलो मान्छन् । उनलाई नम्रता श्रेष्ठसँग काम गर्न मन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *