प्रमुख समाचार

राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको तीन दिने औपचारिक भ्रमण गर्ने भएकी छिन्। हाल म्यानमारमा रहेकी भण्डारी त्यतैबाट जापान जान लागेकी हुन्।

उनी जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन जापान जान लागेकी हुन्। जापानमा कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजना गरिएको छ।

भण्डारी कात्तिक ३ गते म्यानमारबाट जपान प्रस्थान गर्नेछिन्। भ्रमणका क्रममा भण्डारीले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता गर्नेछिन्। भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग जापानमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीसँग भ्रमणमा गृहमन्त्री रामबहादुर थापा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ। भण्डारी कात्तिक ६ गते नेपाल फर्कनेछिन्।परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयले बिहिबारसम्म भ्रमणबारे कुनै जानकारी नभएको बताएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *