मनोरंजन

छोरी सारा र कार्तिकबीचको सम्बन्धबारे बोले सैफ

अभिनेता सैफ अलि खानले छोरी साराको अभिनेता कार्तिकसँगको सम्बन्धको बारेमा बोलेका छन् । एक भारतीय मिडियासँग कुरा गर्दै सैफले उनीहरुको सम्बन्धको बारेमा भने, “साराको व्यतिmत्व राम्रो छ । उसलाई आफूलाई के चाहिन्छ, त्यो राम्रोसँग थाहा छ र ऊ राम्रो मान्छेहरु नै मन पराउँछ । त्यसैले यदि सारा उसलाई (कार्तिक) मन पराउँछ भने ऊ पक्कै पनि राम्रो केटा हुनुपर्छ । मलाई उसको विचार र छनोटमा पूर्ण विश्वास छ ।”

सारा र कार्तिक पहिलो पटक चलचित्र ‘लव आजकल’ को सिक्वेलमा अनस्क्रिन रोमान्स गर्दैछन् । यो चलचित्र सन् २००९ मा सोही नाममा बनेको सैफ अलि खानको रोमान्टिक कमेडी चलचित्रको सिक्वेल हो ।

सारा र कात्र्तिकको सम्बन्धबारे ‘कफि विथ करण’ कार्यक्रमबाट हल्ला भएको थियो । शोमा साराले कार्तिकसँग पैसा छ भने मलाई डेट गर्न सक्छ भनेर जोक गरेकी थिइन् ।

त्यसपछि मिडियामा यी दुईको सम्बन्धको बारेमा कुरा चल्न थाल्यो । दर्शकले पनि सारा र कात्र्तिकको सम्बन्धलाई मनपराएका छन् । ‘लव आजकल’मा सँगै आउने भएपछि त त्यो खबर अझै चुलिएको थियो । पछिल्लो समय सारा र कार्तिकको सामाजिक सञ्जालमा एकअर्काको फोटो र एकअर्काको लागि पोस्टहरु देखिएसँगै उनीहरुको सम्बन्ध हलैहल्लाबाट सत्यतामा परिणत भएको संकेत मिलेको छ ।

(द हिन्दूस्तान टाइम्स)

Leave a Reply

Your email address will not be published. Required fields are marked *