अन्तरास्ट्रिय

ट्रम्पको पत्र टर्कीका राष्ट्रपतिले फालिदिए टोकरीमा !

अंकारा : टर्कीका राष्ट्रपति रिसेप तायीप एर्डोगनले अमेरिकी राष्ट्रपतिबाट पाएको पत्र टोकरीमा फ्याँकिदिएका छन् ।यही ९ अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एर्डोगनलाई सिरिया युद्धबारे पत्र पठाएका थिए । पत्रमा टर्कीलाई युद्ध विरामका लागि आग्रह गर्दै एर्डोगनलाई अनुरोध गरेका थिए, ‘कठिन नबन, मुर्ख नबन !’

पत्रमा ट्रम्पले लेखेका थिए, ‘हामी मिलेर राम्रो काम गरौँ ! तपाईँ हजारौँ मानिस मार्ने कामको जिम्मेवार बन्न चाहनुहुन्न । र म टर्कीको अर्थतन्त्र नष्ट गर्न जिम्मेवार बन्न चाहन्नँ ।’

ट्रम्पले एर्डोगनलाई उत्तरी सिरिया सैनिक कारवाही नगर्न भन्दै पत्र पठाएका हुन् । यससँगै उनले टेलिफोन मार्फत पनि युद्धविराम गर्न आग्रह गर्दैआएका थिए । एर्डोगनले भने ट्रम्पको आग्रह विपरीत आफ्ना सेना सिरियामा पठाएका थिए ।

बिबिसीका अनुसार उनले ट्रम्पको आग्रह इन्कार गर्दै पत्र टोकरीमा फालिदिएका थिए । अमेरिकी सरकारले भने आफ्ना विदेशमन्त्री माइक पोम्प्योलाई युद्धविरामको पहल गर्न भन्दै अंकारा पठाएको छ । एर्डोगनले उक्त पत्र पूरै इन्कार गरिदिएको बिबिसी टर्किसले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *