एजेन्सी । विवाहपछि युवतीले आफुलाई फिट राख्न एकदमै कठिन हुन्छ । विवाह पश्चात्त महिला तथा पुरुषको जीवनमा धेरै बदलाव आउने गर्छन् ।
आफ्ना लागि टाइमटेबल तथा सेड्युल तयार पारेर पनि यो समस्यालाई कम गर्न सकिन्छ ।व्लड प्रशर, सुगर लगायतका नियमित स्वास्थ्य परीक्षण गर्ने ।बच्चा हुँदैमा आफूलाई महत्वहीन नसम्झने ।प्राय जोडी बच्चा जन्मिसकेपछि आफूलाई महत्वहिन सम्झने गर्छन् । र, उदास हुने गर्छ । जबकी बच्चा जन्मे पनि प्रत्येक आमाबाबुले
सन्तुलित आहार, स्वस्थ खानपान तथा नियमित एक्ससाइज गरेर आफूलाई फिट राख्न सक्दछन् आफू फिट रहेमा बच्चाहरुले पनि तपाईबाटै उत्पे्ररित भई आफूलाई फिट राख्ने गर्दछन् ।
एउटा डायरीमा उक्त टाइमटेबल सेट गर्ने । त्यसमा दैनिक गरिने कार्य तथा खानेकुरा र तयसमा भएको क्यालोरीको सुची बनाउने । –त्यसपछि प्रत्येक शनिवार उक्त डायरीलाई रिभ्यू गरेर यो साता के के गरे, के गरिन भनेर आफ्ना कमीकमजोरीलाई औल्याउने ।
बिहान विहान जगिङ्ग तथा वर्कआउट गर्ने। यसले शरीर फिट रहनुका साथै एकअर्कासित बढी भन्दा बढी समय व्यतित गर्न सकिन्छ ।कसले पहिले तौल घटाउने भनेर एक अर्कालाई च्यालेञ्ज गर्ने । घरको काम मिलीजुली गर्ने । यसले एक्सरसाइज हुनुका साथै सम्बन्ध प्रगाढ बन्छ ।
विवाहको छ महिना पछि नै ५.७ केजी वजन बढेमा त्यसलाई विस्तारै कम गर्ने कोशिश गर्ने ।पार्टनरलाई तौल घटनाउन उत्प्रेरित गर्नका लागि स्लिम देखिने लुगा किन्न प्रोत्साहित गर्ने ।