प्रमुख समाचार

निर्वाचितपछि कुमार पन्तको घाेषणा : नेपालमा वार्षिक रुपमा १० अर्बको लगानी भित्र्याउने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि बताए। उनले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा पनि गरे।

एनआरएनएका सदस्यहरुको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने पनि उनको योजना छ । शुक्रबार अध्यक्ष पदमा निर्वाचित भएपछि उनले सञ्चारकर्मीमाझ एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने पनि बताए।पन्तले निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गने अठोट पनि गरे।

अन्य समाचार  :’दलका पछि लाग्ने कर्मचारीको एक-एक हिसाब राख्छौं’
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दल विशेषका पछि लाग्ने सरकारी कर्मचारीको एक-एक हिसाब राखिने चेतावनी दिएका छन्।

पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुका लागि भक्तपुरमा आयोजना गरेको दुई दिने प्रशिक्षणको उद्घाटनका क्रममा देउवाले यस्तो चेतावनी दिएका हुन्।

‘जनताको करबाट तलब खाएर कुनै दल विशेषका पछि लाग्ने सरकारी कर्मचारीको एक–एक हिसाब राख्छौं’, देउवाले भने, ‘पछिल्लो समय सरकारी कर्मचारी सत्तारुढ दल नेकपाको पछि लागेका छन् यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

जनताले तिरेको करबाट तलब खाएर कुनै एक पार्टीको पछि लाग्न नहुने भन्दै सभापति देउवाले यदि त्यसो गरेको पाइए कांग्रेसले एक–एक हिसाब राख्ने बताए। जनताले तिरेको करबाट तलब खाने राष्ट्रसेवक कर्मचारी कुनै एक पार्टी भन्दा पनि देश र जनताको पछि लाग्नुपर्नेमा उनको जोड थियो।

साथै देउवाले कम्युनिस्टहरुले चुनाव जितेका स्थानीय तहमा जथाभावी लुट मच्चाई रहेको आरोप लगाउँदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको मत जित्ने गरी सेवा प्रदान गर्न निर्देशनसमेत दिए। ‘हाम्रा साथीहरुले काम गरेर देखाउनुपर्छ’, देउवाले भने, ‘कामबाटै हामी फरक छौं भन्ने देखाउनुपर्छ।’

कम्युनिस्ट भन्दा फरक र राम्रो काम गरेर जनताको मन जित्नुपर्नेमा देउवाले जोड दिए। प्रशिक्षणमा देशभरबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *