शिक्षा

जीवनमा यी दुई कुरा अवश्य ख्याल गर्नुहोस्, नत्र दुःख पाइन्छ

एजेन्सी । राजनीति र कुटनीतिका पिता आचार्य चाणक्यले आफ्नो जीवनकालका अनुभव चाणक्य नीतिमा वर्णन गरेका छन् । उनले जीवनको हरेक क्षेत्रलाई आवश्यक पर्ने सम्बन्धित नीतिबारे उल्लेख गरेका छन् ।

चाणक्यका अनुसार व्यक्तिको विवाह पुर्व कन्याको सुन्दरता अपेक्षा गर्नुभन्दा पनि कुल कस्तो छ भनेर हेर्नु महत्वपुर्ण हुन्छ । त्यस्तै उनले कस्तो ठाउँमा घर बनाउन राम्रो हुन्छ त्यसबारे पनि उल्लेख गरेका छन् ।

विवाह गर्ने समय युवतीको सुन्दरता होइन कुल हेर्नुपर्छ

धेरै युवायुवती विवाहको समयमा सुन्दरतालाई बढी महत्व दिने गर्छन् । यो गलत हो । चाणक्यका अनुसार धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुदैनन् । समझदार व्यक्ति उच्च कुल अर्थात् संस्कारी परिवारमा जन्मिएकी युवतीसँग विवाह गर्छन् । यस प्रकारका युवती कम सुन्दर हुन्छन् । यस्ता युवतीहरुसँग विवाह गर्न फलदायी हुन्छ । सुन्दर युवतीमा संस्कार छैन भने घर भाड्ने काम गर्छन् ।

कस्तो स्थानमा घर बनाउनु राम्रो

हामीलाई कस्तो स्थानमा घर बनाउनु राम्रो हुन्छ यसबारे पनि चाणक्यले बताएका छन् । धनीहरुको नजिक घर बनाउँदा व्यापारमा फाइदा हुनेगर्छ । ज्ञानी, वेद जान्ने वाला व्यक्तिहरुको नजिक घर बनाए धेरै ज्ञान सिक्ने अवसर प्राप्त हुन्छ । पानी भएको स्थानमा घर बनाए प्राकृतिक स्रोतहरुको ज्यादा लाभ उठाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *