राजनिति

कम्युनिस्ट शासनमा बढ्यो अर्काे शुल्क, अब ४०–४४ लाख तिनुपर्ने

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको शासनकालमा एकपछि अर्काे महंगी र मनपरी बढिरहेका बेला एउटा अर्काे शुल्क बृद्धि भएको छ ।सरकार मातहतको चिकित्सा शिक्षा आयोगले एमबीबीएस (डाक्टर) अध्ययनको शूल्क बढाएर विद्यार्थीको ढाड सेक्ने भएको छ ।

बढेको मूल्यपछि काठमाडौं उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५० रुपैयाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क कायम भएको जनाइएको छ ।

यसअघि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रहेको थियो । आर्थिक वर्ष २०७५ मा मुद्रास्फीति ४.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनका आधारमा नयाँ शुल्क निर्धारण गरिएको आयोगले जनाएको छ ।

बीडीएस अध्ययन शूल्क २० लाख १९ हजार ५८० रुपैयाँ तोकिएको छ । यसअघि उक्त शुल्क १९ लाख ३२ हजार ६१२ रुपैयाँ रहेको थियो । शुल्कको पहिलो एकतिहाई रकम पहिलो वर्ष र बाँकी वार्षिक रुपमा किस्ताबन्दीमा लिइने जनाइएको छ ।

आयोगले एमबीबीएस अध्ययन शुल्कको एकतिहाई उपत्यकाभित्र १३ लाख ४१ हजार ८५ र बाहिर १४ लाख ७८ हजार ६७५ रुपैयाँ विश्वविद्यालयमा जम्मा गरी सम्बन्धित कलेजमा पठाउने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *