प्रमुख समाचार

हेर्नुस् , भरतपुरबासिको मन जित्न रातदिन नभनी यसरी ख’टिन्छ्न रेणु दाहाल

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालको दौडधुप झन् बढेको छ । उनी रातदिन नभनी सक्रियता देखाउन थालेकी छिन् । दशैंको समयमा पनि उनी कार्यकर्ता भेट्न र विकास निर्माणको योजना बनाउन सक्रिय भइन् ।

रेणु आवश्यक पर्दा जुनसुकै बेला राति निस्किएर भरतपुरको जनताको काममा सरिक हुन्छिन् । उनलाई जसरी हुन्छ भरतपुर महानगरपालिकामा काम गरेर देखाउनुछ । भरतपुरबाट उनले राजनीतिक उचाई हासिल गर्ने महत्वाकांक्षा बोकेकी छिन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको छोरी भनेर चिनिएकी रेणु आफ्नै परिचयबाट अगाडि बढ्न खोजिरहेकी छिन् । प्रचण्डको सन्तानमध्ये राजनीतिमा सक्रिय हुनेमा रेणु भविष्य बोकेकीमा पर्छिन् । उनलाई प्रचण्डले राजनीतिमा अगाडि बढाउन खोजेको संकेत भरतपुर महानगरपालिकाको मेयरको टिकट दिंदा र चुनावका क्रममा देखिइसकेको छ ।

रेणु भरतपुरलाई नमूना शहर बनाउन लागिपरेकी छिन् । यसपटक भरतपुरका लागि आएको बजेटको सही सदुपयोग गरी महानगरको रुपरंग फेर्न लागिपरेकी छिन् । यसैले उनी रातदिन नभनी विकासको काममा खट्छिन् । रेणु फिल्डमै खटिन्छिन् । भरतपुरबाट उनले राजनीतिक उचाई हासिल गर्ने आधार तयार गर्न बुनेको सपना साकार बनाउनका लागि पनि निकै मिहनेत गरिरहेकी छिन् । रेपोटर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *