प्रमुख समाचार

यी हुन् सांसद आलमलाई सिंघम शैलीमा समाउने बहादुर प्रहरी प्रमुख !

रौतहट। जोखिम मोलेर कु’ख्यात अपराधीका रुपमा पहिचान बनाएका सांसद मोहमद अफ्ताव आलमको पक्राउ गरेपछि रौटहट प्रहरीको प्रसंशा मात्र होईन चर्चा पनि चुलिदो छ । रौटहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीको चर्चा पनि शिखरमा छ । यतिबेला एसपी खत्रीलाई भारतीय फिल्म सिंघमको नायकको उपमा पनि सामाजिक सञ्जालमा दिन थालिएको छ ।प्रहरी संगठनभित्र प्रोफेशनल अफिसरका रुपमा पहिचान बनाएका एसपी खत्रीले अहिलेसम्म पदको दुरुपयोग गर्दै अ’पराध कर्म गरिरहेका र लुकाइरहेका सांसद आलमलाई सिंघम शैलीमा प्रहरी नियन्त्रणमा लिएको भन्दै प्रसंशा पाईरहको छन् ।

त्यसदिन सांसद आलमलाई कसरी प्रहरीले नियन्त्रणमा लियो त ? त्यस विषयमाम हामी चर्चा गर्नेछौ ।सामूहिक ह’त्याकाण्डको १२ वर्षपछि बुधबार अपरान्ह राजपुर नगरपालिका–२ स्थित फरहदवा गाउँ प्रहरीको ठूलो फौजद्वारा घेरिएको थियो । गाउँमा फेरि अर्को सन्नाटा छाएको थियो । मोहम्मद अफताव आलमको ‘राज’ भएकाले प्रहरीहरु दिउँसै हिंड्न डराउने उक्त गाउँ त्यसदिन प्रहरीको कब्जामा थियो ।प्रदेश राजधानी जनकपुरबाट प्रहरी थपिइरहेका थिए । आलमलाई पक्राउ गर्दा राज्यले निकै ठूलो जोखिम उठाएजस्तो देखिन्थ्यो ।

यति ठूलो नेपाल प्रहरीको टोलीलाई साथ दिन सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि ‘स्ट्यान्डबाई’ राखिएको थियो ।आइतबारका दिन फरहदवामा आलम आफन्तको बिहेमा पुगेका थिए । यो सूचना पाएपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीसहयोगमा गाउँ घेराउ गरेको थियो । गाउँ आफ्नो नियन्त्रणमा रहेको र कुनै हतियारधारी समूह गाउँमा नरहेको एकिन भएपछि प्रहरीले आलमको घरघेराउ गरी उनलाई कब्जामा लिएको थियो । त्यतिबेला पनि आलमले सिंगो फौजको नेतृत्व गरिरहेका एसपी भूपेन्द्र खत्रीलाई धम्क्याउँदै थिए– ‘ए एसपी ! तिमी को हौ? म आईजी बनाउने ताकत राख्छु, पक्राउ गरेर ठूलो गल्ती गर्यौ छुटेर आएपछि देखाइदिन्छु ।’

आलमका समर्थकबाट हुनसक्ने अवरोधका कारण उनको गिरफ्तारी प्रहरीका लागि निकै चुनौतीपूर्ण थियो । त्यसैले पनि सशस्त्र बल र नेपाली सेनालाई नेपाल प्रहरीको व्याक फोर्सका रुपपमा परिचालित गरिएको थियो ।आलमलाई पक्राउ गरेर गौरस्थित जिल्ला प्रहरी कार्यालय पुर्याइ नसक्दै पूर्वानुमानअनुसार फरहदवामाआलमका समर्थकहरुद्वारा प्रदर्शन सुरु गरियो । चोक–चोकमा टायर बालेर नारा जुलुस गर्न थालियो । केन्द्र तथा प्रदेश प्रहरीको बाक्लो उपस्थितिका कारण हाल त्यहाँको सुरक्षा स्थिति नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ । तथापि प्रहरी निकै सतर्क अवस्थामा परिचालित भैरहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *