मनोरंजन

नेपाल आइडलका बिक्रम बराल र भ्वाइस अफ नेपालकी सम्झनाको गीत बजारमा

काठमाडौं । दोस्रो भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुगेकी गायिका सम्झना पाण्डेले ‘ढाक्यो मायाले’को भिडियो सार्वजनिक गरेकी छिन् । जसमा गायिका पाण्डेलाई नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालले स्वरमा साथ दिएका छन् ।

भुपिन्द्र महतको शब्द शृजना रहेको गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ ।

रोमान्टिक प्रेम कथालाई भिडियोमा निर्देशक शान थापाले उतारेका छन् । अर्जुन तिवारीको छायांकन रहेको गीतमा नकुल खड्काको सम्पादन रहेको छ । कोरियोग्राफी राजिव समिरले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *