मनोरंजन

‘पानीपत’पछि थ्रिलर फिल्ममा देखिदै अर्जुन !

नमस्ते इंगल्याण्ड र इंडिया मोस्ट वान्टेड लगाएतका असफल फिल्मपछि अभिनेता अर्जुन कपुर नयाँ फिल्म ‘पानीपत’को तयारीमा जुटेका छन् । आशुतोष गोवारिकरले निर्देशन गर्ने यो फिल्ममा बलिउडका मुन्ना भाई सञ्जय दत्त पनि मुख्य भूमिकामा देखिदैछन् ।

रिपोर्टका अनुसार पानीपतसँगै अर्को प्रोजेक्टको हिस्सा पनि बन्नसक्नेछन् अभिनेता अर्जुन । मुम्बई मिररका अनुसार अर्जुन एक थ्रिलर फिल्ममा काम गरिरहेका छन् । यो फिल्ममा मगरमच्छको अहम भूमिका हुनेछ ।

यो फिल्मलाई रानी स्क्रुवालाले निर्माण गरिरहेका छन् । यो फिल्मलाई थाइल्याण्डमा शुट गरिनेछ । मगरमच्छको परिपरि घुम्ने यो फिल्मलाई नेहा राकेशले निर्देशन गर्नेछन् ।

सकियो धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’
सिताराम कट्टेल ‘धुर्मुस’ तथा कुञ्जना घिमिरे ‘सुन्तली’ को डेब्यू निर्माण ‘सेन्टी भाइरस’को छायाँकन सकिएको छ।रामबाबु गुरूङ निर्देशित सिनेमाको छायांकन १ महिनामा सकिएको हो। सिनेमाको समाविष्ट एक गीतको छायांकन भने उसले केही समयपछि गर्ने भएको छ।

सिनेमामा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका अभिनय छ ।

रुपाकोट र पोखरामा छायांकन भएको सिनेमा सामाजिक विषयमा केन्द्रित रहेको छ । सिनेमालाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *