मनोरंजन

ऋतिक रोशन विश्वकै सबैभन्दा ‘ह्यान्डसम म्यान’

एजेन्सी– पछिल्लो समय बलिउड अभिनेता ऋतिक रोशनलाई निकै धेरै सफलता मिलिरहेका छन् । उनको पछिल्लो फिल्म सुपर थर्टीले पनि राम्रो गरिरहेको छ । त्यसैले बलिउडमा उनलाई अहिले सेलिब्रेसन मुडमा रहेको मानिन्छ ।

तर, योमात्र होइन, अब ऋतिक रोशनले अर्को पनि मौका पाएका छन् जसलाई उनले सेलिब्रेट गर्नेछन् । अमेरिकी एक एजेन्सीले ऋतिकलाई विश्वकै सबैभन्दा ह्यान्डसम म्यानको उपाधि दिएको छ ।

यसअघि फुटबलर डेभिड बेकहमलाई पनि यो उपाधि दिइएको थियो । उनले यसपटक रोबर्ट प्याटिसनलाई पनि पछाडि पारेका छन् ।आफूलाई यो उपाधि दिएको थाहा पाएपछि ऋतिकले प्रतिक्रिया दिएका छन्, ‘पात्र भन्दा पनि हाम्रो चरित्र सबैभन्दा महत्वपूर्ण हो, त्यसले नै प्रेरणा दिनसक्छ ।’

सलमानसँगको प्रेमबारे क्याट्रिनाले यसो भनिन्
सलमान खान र क्याट्रिना कैफको जोडीलाई रिल लाइफमा धेरैले मन पराएका हुन्छन् । यो जोडी रियल लाइफमा पनि कुनै समय जमेको थियो । जुन फिल्ममा यी दुईले काम गरेका छन्, ती फिल्महरु हिट पनि भएका छन् ।

अब केही दिनपहिले क्याट्रिनाले सलमानसँगको आफ्नो सम्बन्धबारे बताएकी छिन् । क्याट्रिनाले इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘म र सलमान राम्रो साथीबाहेक अरु केही होइनौँ । हामी दुई पछिल्ला १६ वर्षदेखि साथी भएका छौँ । उनी सधैं मलाई समर्थन गर्छन् । उनी एक राम्रा मानिस पनि हुन् र राम्रो साथी पनि ।’

क्याट्रिनाले आफूले सहयोग माग्दा सलमान खानले सधैं सहयोग गरेको पनि बताएकी छिन् ।यी दुई पछिल्लो पटक फिल्म भारतमा सँगै देखिएका थिए । फिल्मले बलिउडको बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *