मनोरंजन

प्रियंकाले दर्शकको मन जित्न नसकेपछि…

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडाले ‘द स्काई इज पिंक’ फिल्मबाट कमब्याक गरेकी थिइन् ।यस फिल्मबाट उनले धेरै आशा गरे पनि फिल्मले भने दर्शकको मन जित्न नसकेको समाचार छ ।फरहान अख्तरको समेत मुख्य अभिनय रहेको ‘द स्काई इज पिंक’ शुक्रवारबाट प्रदर्शनमा आएको हो ।

सन् २०१६ मा प्रदर्शनमा आएको ‘दिल धड्कने दो’ पछि यसै फिल्ममार्फत बलिउडमा कमब्याक गरेकी प्रियंकाको फिल्मले प्रदर्शनको पहिलो दिन मात्र साढे ४ करोडको व्यापार गरेको छ । भारतीय फिल्म बजारमा प्रियंका र फरहानको अनस्क्रिन टिमअपमा अएलेखित व्यापार आँकडा निकै कम मानिएको छ ।

सोनाली बोसको निर्देशन रहेको फिल्ममा जायरा बसिम, रोहित सर्राफलगायतको मुख्य अभिनय रहेको छ । फिल्म मोटिभेसनल स्पिकर आयशा चौधरीको जीवनकथामा आधारित छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *