अन्तरास्ट्रिय

४० कटेका यी ७ अभिनेता जसले गरेका छैनन अहिलेसम्म बिहे, कोहि त अझै अफेयरमा!

अभिनेता रणदीप हुड्डा बलिउडका ति स्टारमा पर्छन् जसको उमेर ४० वर्षभन्दा धेरै भईसक्यो। उनी बाहेक सलमान खान पनि पर्छन्। सलमान खान ५३ वर्षको भएपनि अहिले सम्म पनि बिहे गरेका छैनन्। आज हामी यसतै ७ स्टारको बारेमा बताउछौ जो उमेरले ४० कटेर पनि अहिलेसम्म कुमार छन्।

सलमान खान

यो लिस्टमा सलमान खानको नाम सबैभन्दा पहिला आउँछ। सलमान खानको नाम अहिलेसम्म कैयौँ एक्ट्रेससँग जोडियो तर कुरा बिहेसम्म पुग्न सकेन । ति एक्ट्रेसमा एश्वर्या राय, कट्रिना कैफ र यूलिया वंतूरको नाम पनि पर्छ । सलमानको बिहेको लागि उनको फ्यान निकै आतुर छन्।

डीनो मोरिया

बिपाशा बसुको डिनो मोरियासँग अफेयरको चर्चा रहेको थियो। यसका साथै डीनोको नाम लारा दत्तसँग जोडिएको थियो। बिपाशा र लाराको बिहे भईसक्यो भने डिनो अहिलेसम्म कुमार नै छन्।

साजिद खान

साजिद खान र ज्याक्लिनको अफेयरको चर्चा निकै रहेको थियो। तर यी दुईको सम्बन्ध भने त्यति टिकेन र ब्रेकअप भयो। हाल ज्याक्लिनको नाम सिद्धार्थ मल्होत्रासँग जोडिएको छ। यधपी दुवैले पुष्टि भने गरेका छैनन्। ४८ वर्षीय साजिद अहिले पनि कुमार नै छन्।

उदय चोपड़ा

फिल्मी दुनियाबाट गायब रहेका अभिनेता उदय चोपडालाई अहिले कसैले चिन्न पनि मुस्किल हुन्छ होला । उदय ४६ वर्षीय भएपनि अहिलेसम्म बिहे गरेका छैनन्। २००० सालमा रिलीज भएको शाहरुख खान र अमिताभ बच्चनको फिल्म ‘मोहब्बतें’ बाट यश चोपडाको छोरा उदय चोपडाले डेब्यू गरेका थिए।

रणदीप हुड्डा

रणदीप हुड्डको नाम सुष्मिता सेन बाहेक कैयौँ अभिनेत्रीसँग जोडियो। रणदीप ४२ वर्ष भएका छन्। तर अहिले सम्म बिहे भने गरेका छैनन्। रणदीप अहिले ‘बैटल अफ सारागढी ‘ फिल्मको शूटिंगमा व्यस्त छन्।

राहुल खन्ना

विनोद खन्नाको छोरा राहुल खन्नाले सोशल मीडियामा ट्वीट गरेर आफ्नो ब्रेकअपको जानकारी दिएका छन्। राहुलले बताएका थिए कि २० वर्षपछि टुट्यो। राहुल ४६ वर्षको भएपनि अहिलेसम्म बिहे गरेका छैनन्।

राहुल बोस

राहुल बोस ५१ वर्षका भईसकेका छन्। तर उनले अहिलेसम्म बिहे गरेका छैनन्। एक इन्टरभिउमा राहुलले बताए कि उनी धेरै युवतीसँग सम्बन्धमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *