खेलकुद

भारतलाई तेस्रो झड्का, कप्तान कोहली पनि सस्तैमा आउट

काठमाडौं– दक्षिण अफ्रिका विरुद्धको टेष्ट सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारतले सस्तैमा ३ विकेट गुमाएको छ ।भारतले ओपनर मयंक अग्रवाल, चेतेश्वर पुजारा र कप्तान विराट कोहलीलाई सस्तैमा गुमाएको हो ।

अन्तिम खेलको पहिलो पारीमा मयंक १०, पुजारा शून्य र कप्तान कोहली १२ रनमा आउट भए । मयंक र पुजारालाई कागिसो रबाडा र विराटलाई अन्रिच नोर्त्जेले आउट गरेका हुन् ।

रबाडाले आफ्नो टिमलाई पहिलो सफलता ४ ओभरको अन्तिम बलमा मंयकलाई एल्गरको हातबाट क्याच आउट गराए ।यस्तै रबाडाले दोस्रो विकेटकारुपमा पुजारालाई ८.३ ओभरमा एल्बीडब्लू आउट गर्न सफल भए ।

विराटलाई १५.३ ओभरमा नोत्र्जेले एल्बीडब्लू आउट गर्न सफल भए । टेष्ट क्रिकेटमा उनको यो पहिलो विकेट हो ।सिरिजको अन्तिम खेलमा पनि टस जितेर ब्याटिङ रोजेको भारतले यो समाचार तयार पार्दासम्म १६ ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर ४३ रन बनाएको छ ।

तीन खेलको सिरिज भारतले जितिसकेको छ । यदि यो खेल पनि भारतले नै जिते उसले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिज ‘क्लिन स्विप’ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *