अन्तरास्ट्रिय

छोरीले अटेन्सन पाउँदा चिन्तित छैनन् ऐश्वर्या

एजेन्सी– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आजभोलि जहाँ जान्छिन् वा जे गर्छिन्, छोरीलाई छुटाउँदिनन् । भारतमा बलिउडका स्टारहरुका छोराछोरीले पछिल्लो समय निकै चर्चा पाइरहेका छन् । तिनैमध्ये एक हुन्, आराध्या जो ऐश्वर्याकी छोरी हुन् ।

तर, आफ्नी छोरीले सानै उमेरमा पाएको यो एटेन्सनले ऐश्वर्यालाई चाहिँ कस्तो भइरहेको होला ? ‘यसमा मलाई चिन्ता हुनु पर्ने वा नराम्रो लाग्नु पर्ने केही छैन,’ ऐश्वर्याले भनेकी छिन्, ‘अहिले भारतमा सबै स्टार किडहरु लाइमलाइटमा छन् । उनीहरु भाइरल हुँदा हामीले किन मन दुखाउने ?’

क्याट्रिनाले दुई वर्षअघि देखेको सपना
बलिउड अभिनेत्री क्याट्रिना कैफले आफ्नो ब्युटी ब्रान्ड के बाई क्याट्रिना लन्च गरेकी छिन् । बुधबार अभिनेत्री कैफले इन्स्टाग्राममा एउटा भिडियो राख्दै आफ्नो ब्रान्डको एक झलक देखाएकी छिन् । यसको क्याप्सनमा उनले लेखेकी छिन्– अब तयार भयो, २२ अक्टोबरदेखि उपलब्ध हुनेछ ।

त्यति मात्र होइन, उनले आफूले दुई वर्षअघि यो सपना देखेको र त्यसलाई अहिले निरन्तरता दिएको बताएकी पनि छिन् । उनले आफ्नो ब्युटी प्रोडक्टले निकै राम्रो काम गर्ने दाबी पनि गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *