स्वास्थ्य

जानी राख्नुहोस् के के छन् रुघा खोकी निको पार्ने घरेलु उपाय

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

यसका लागि घरेलु उपचार पद्धतिलाई नै सबैभन्दा राम्रो उपचार विधि मानिन्छ । घरेलु उपचार पद्धतिबाट रुघा खोकीलाई नियन्त्रण गरी छिट्टै यसबाट छुटकारा पाउन सकिन्छ ।रुघा खोकी निको पार्ने घरेलु उपाय

कागती र महः कागती र महको प्रयोग रुघा खोकीका लागि फाइदाजनक मानिन्छ । दुई चम्चा महमा एक चम्चा कागतीको रस मिसाएर एक गिलास मनतातो पानी वा तातो दुधसँग पिउनाले रुघाखोकी नियन्त्रणमा मद्दत पुग्ने गर्दछ ।

लसुनः लसुन रुघाखोकीसँग लड्नका लागि धेरै उपयोगी हुने गर्दछ । लसुनमा एलिसिन नामक एक रसायन हुने गर्दछ । जुन एंटीब्याक्टेरियल, एंटीभाइरल र एंटीफंगल हुने गर्दछ । लसुनको पाँचवटा पोटीलाई घिउमा भुटेर दिनमा दुईपटक खानाले रुघाखोकीबाट छ्टिटै आराम मिल्दछ ।

तुलसीको पात र अदुवाः तुलसी र अदुवालाई रुघाखोकीका लागि रामबाण समान मानिन्छ । यसको सेवनबाट तुरुन्त आराम मिल्ने गर्दछ । एक कप तातो पानीमा तुलसीको केही पात र एक टुक्रा अदुवा मिसाउने । केही बेरसम्म उमालेर त्यसलाई काढा बन्न दिने । यसलाई बिस्तारै पिउने । यो उपाय बच्चा र ठूलो सबैका लागि फाइदाजनक मानिन्छ ।

दुध र बेसारः तातो पानी वा तातो दुधमा एक चम्चा बेसार मिलाएर पिउनाले रुघा खोकीका लागि छिट्टै असर गर्ने गर्दछ । यो उपाय सबै उमेरका मानिसहरुका लागि फाइदाजनक मानिन्छ । बेसारमा एंटीभाइरल र एंटीब्याक्टेरियल तत्व पाइन्छ । जुन रुघाखोकीसँग लड्नका लागि धेरै फाइदाजनक हुने गर्दछ ।

अदुवाको चियाः अदुवाको त्यसै पनि कयौँ फाइदाहरु रहेका छन् तर अदुवा हालेको चिया रुघाखोकीका लागि धेरै नै फाइदाजनक मानिन्छ । अदुवालाई केही बेरसम्म पानीमा पकाएर त्यसलाई चिया बनाएर पिउनाले रुघाखोकी नियन्त्रणका लागि तीव्र गतिमा काम गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *