काठमाडौं। स्पेनिस क्लव बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले बार्सिलोनाकै धेरै सदस्यहरु नेइमार बार्सिलोना नफर्किउन् भन्ने पक्षमा रहेको खुलासा गरेका छन् । ‘धेरै सदस्यहरुले उनलाई फेरि बार्सिलोना फर्काउन चाहेनन्’ मेस्सीले एक अन्तरवार्तामा भने ‘यद्यपि खेल भावनाले हेर्ने हो भने यस्तो भएको भए धेरै राम्रो हुन्थ्यो ।’
नेइमारलाई बार्सिलोना फर्काउन गाह्रो भएको बताउदै उनले भने – पहिलो कुरा नेइमारले बार्सिलोना छोडेको हेर्दा नै दुखद क्षण थियो र दोस्रो उनले जसरी छोडे त्यो दुखद थियो ।
मेसीले बार्सिलोनामा उच्च व्यवस्थापनक सदस्यहरु जो नेइमारलाई फर्काउन नचाहेको बताउदै मेसीले खेलकुदमा नेइमार विश्वकै उत्कृष्ट खेलाडी भएपनि अन्य कुराले उनलाई बार्सिलोना फर्काउन रोकिरहेको बताए ।केहि दिन अघि मेसीले आफुले बार्सिलोना नछोड्ने बताउदै आफ्नो क्यारियरमा बार्सिलोना बाहेक अन्य क्लबमा नखेल्ने बताएका थिए ।त्यस्तै मेसीले रोनाल्डो ला लिगामा रहदा एल क्लासिको रोचक र अझ रोमान्चक हुने प्रतिक्रिया दिएका छन् ।