मनोरंजन

जाह्नवीको साथमा ठूल-ठूला फिल्म

अभिनेत्री जाह्नवी कपुरले विस्तारै बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बन्दैछिन् । बोनी कपुर र श्रीदेवीकी ठूली छोरी जाह्नवीले २०१८ मा दर्शकमाझ रिलिजमा आएको ‘धडक’बाट बलिउडमा डेब्यु गरेकी हुन् । यो फिल्ममा जाह्नवीको अपोजिटमा इशान खट्टरले अभिनय गरेका थिए । फिल्मलाई निर्देशक शंसांक खेतानले निर्माण गरेका थिए ।

अभिनेत्री जाह्नवीको बलिउड प्रोजेक्टसको कुरा गर्नुपर्दा उनको साथमा ठूल–ठूला प्रोजेक्टस्हरु छन् । अहिलेको समय उनी फिल्म ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ र ‘रुही आफ्जा’ लगाएतका फिल्ममा काम गरिरहेकी छन् । यसका साथै उनका साथमा अन्य ठूला फिल्महरु ‘दोस्ताना–२’, ‘बम्बे गर्ल’ र तख्त फिल्म पनि छन् ।

अभिनेत्री जाह्नवी सोसल मिडियामा पनि निकै सक्रिय छिन् । उसले पोस्ट गर्ने हरेक तस्वीरहरु भाइरल बनिरहेका हुन्छन्् । उनलाई सोसल मिडिया इन्स्टाग्राममा १२ लाख भन्दा बढीले फलो गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *