प्रमुख समाचार

चिनियाँ अभिनेत्री सी ‘भ्रमण वर्ष २०२०’को सद्भावना दूत

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईले चिनियाँ अभिनेत्री सी छिङलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त गरेका छन्। नेपाल भ्रमण वर्ष २०२० सचिवालयले शनिबार औपचारिक कार्यक्रम गर्दै सद्भावना दूतको रुपमा उनलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ।

‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ, बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुसी छु, भन्यबाद्’, प्रमाणपत्र ग्रहण गरेपछि अभिनेत्री सी छिङले भनिन्। उक्त कार्यक्रममा नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङसंग विवाह गरेको प्रसंग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको संज्ञा दिए।

‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु, अव गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु’, मन्त्री भट्टराईले भने,’चीनमा मात्रै होइन विश्वमै ख्याती कमाइसक्नु भएकी छिङले नेपाल’दयगत पक्कै पनि दुई शब्द बोल्नु हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *