स्वास्थ्य

अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज

मुम्बइ। बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो चार दिनदेखि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका बच्चनलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेको हो ।

नियमित चेकअप भन्दै उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई लिन पत्नी जया र छोरा अभिषेक पुगेका थिए ।

यसलाई नियमित चेकजाँच भनिए पनि बिहान तीन बजे अस्पताल किन लगियो भन्ने बारे यथार्त जानकारी अझै बाहिर आएको छैन । अहिले अमिताभको स्वास्थ्य अवस्था ठीक रहेको बताइएपनि अस्पतालले कुनै नोटिस जारी गरेन ।

अक्षय कुमारको ‘मिशन मंगल’ दुईसय करोड क्लबमा
बलिउड अभिनेता अक्षय कुमारद्वारा अभिनित चलचित्र ‘मिशन मंगल’ दुई सय करोड क्लबमा प्रवेश गरेको छ ।राम्रो प्रदर्शन जारी राखेको उक्त फिल्मले हालसम्म भारतमा मात्रै दुई सय करोड भारुमाथिको कमाइ गरेको छ । मिशन मंगलको सानदान कमाइले एक पटक फेरि अक्षय कुमारलाई बक्स अफिसको खेलाडी साबित गरिदिएको छ ।

२९ औँ दिनमा दुई सय करोड कमाएर अक्षय कुमारले आफ्नो सबैभन्दा ठूलो हिट फिल्को रुपमा सावित गरि दिएका छन् ।मिशन मंगल भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० को मंगल अभियानको सत्य कथामा आधारित छ ।चलचित्रमा अक्षयसँगै विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा र शरमन जोशी मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *