खेलकुद

रियललाई उछिन्ने मौका

एजेन्सी । बार्सिलोनालाई स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिने मौका छ । तर त्यसका लागि उसले शनिबार हुने खेलमा ईबरमाथि जित निकाल्नुपर्नेछ ।

खेल अपरान्ह ५ बजे सुरु हुनेछ ।अवे मैदानमा निस्कने जितले बार्सिलोनालाई कम्तिमा ९ घण्टा तालिकाको शीर्ष स्थानमा कायम राख्ने छ।बाँकी कुरा रातिनै रियल मड्रिड र नवप्रवेशी क्लब मार्लोकाबीचको नतिजाले तय गर्नेछ ।

रियल र मार्लोकाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।बार्सिलोना १६ अंक सहित तालिकको तेस्रो स्थानमा छ । शीर्ष स्थानको रियल मड्रिडले बार्सिलोनासंग २ अंकको अग्रता लिएको छ ।

चौथो स्थानको एट्लेटिको मड्रिडले १५ अंक सहित दुृवै टिमलाई पछ्याईरहेको छ । एट्लेटिको मड्रिडले समेत आजै राति भ्यालेन्सियासंग खेल्दैछ ।

एट्लेटिको र भ्यालेन्सियाबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *