राजनिति

गगन थापाले बताए कांग्रेसको धारणा, सभापतिको बोली व्यक्तिगत ?

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले मोहम्मद आफताव आलममाथिको मुद्दामा भइरहेको छानबिनबारे कांग्रेसको धारणा भन्दै सामाजिक सञ्जालमा धारणा व्यक्त गरेका छन् ।

सभापति शेरबहादुर देउवाले शुक्रवार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा व्यक्त गरेको विचार विवादित भएपछि नेता थापाले शनिवार फेसबूक र ट्विटरमार्फत् कांग्रेसको धारणा सार्वजनिक गरेका हुन् ।

कांग्रेस सांसद समेत रहेका आलम पक्राउ परेपछि सभापति देउवाले १२ वर्षपछि मुद्दा अनुसन्धान गर्न पाइन्छ भनेर प्रश्न गरेका थिए । त्यसको आलोचना भएपछि शनिवार सभापति देउवाले समेत विज्ञप्ति जारी गर्दै आफ्नो भनाइ सच्याएका छन् ।

देउवाको विज्ञप्ति जारी भएकै बेला नेता थापाले फेसबूकमा स्टेटस लेख्दै भनेका छन्, ‘दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ । निष्पक्ष छानबिनका लागि सहयोग गर्नु हाम्रो कर्तव्य हो । यही हो कांग्रेसको धारणा । बाँकी सबै व्यक्तिगत धारणा हुन् ।’ नेता थापाले सभापति देउवाको धारणालाई समेत व्यक्तिगत धारणाको संज्ञा दिएका छन् ।

यस्तो छ थापाले फेसबूकमा लेखेको स्टेटस –

जोसुकै होस्, जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै ओहोदामा पुगेकाले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ ।
दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ । निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो ।
यही हो कांग्रेसको धारणा ।
बाँकी सबै व्यक्तिगत धारणा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *