खेलकुद

काठमाडौंसँग विराटनगर पराजित

काठमाडौं । क्वाट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग (डब्लुसीएल) मा दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा विराटनगर टाईटन्सलाई ५३ रनले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि लक्ष्मी चौधरीले अविजित रहदै ४० रन बनाईन् । यस्तै डोली भट्टले १३ रन बनाईन् । काठमाडौंकी सुमन बिष्टले २ विकेट लिईन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

काठमाडौंका लागि रोमा थापाले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३५ रन जोडिन् । रश्मी चौलागाईंले ३४ रन बनाईन् ।

विराटनगरकी डोली भट्टले १ विकेट लिईन् ।

जितसँगै काठमाडौंले ३ खेलमा ४ अंक जोडेको छ ।

सुरुवाती दुई खेल जितेको विराटनगरको यो पहिलो हार हो । विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *