प्रमुख समाचार

देउवाको चौतर्फी आलोचना, इटा भट्टामा देउवालाई सेका’उन कांग्रेस कार्यकर्ताको माग

काठमाडौ। कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको ह’त्या आरो’पमा प’क्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउ गरेको भन्दै काग्रेस कार्यकर्ताहरु रुष्ट बनेका छन ।

अप*राधलाई बचाउन खोजेको भन्दै आफ्नै पार्टी सभापतिको विरोधमा सामाजिक सञ्जालमा विरोध सुरु भएको हो । सुनसरीका काग्रेस कार्यकर्ता रामबहादुर कार्कीले आफ्नो फेसबुकमा लेखेका छन शेरबहादुर देउवाले मोह्मद अफताब आलमकै पक्रा*उलाई इंकित गरी अभिब्यक्ति दिएको हैन होला,नहोस यदि हो भने अव इटा पो*ल्ने सिजन सुरु हुदैछ इटा भट्टाको तातो चिम्निमा देउवाजीलाई एक पटक से’काएर हेरौ कस्तो हुन्छ ।

म पनि काग्रेस हो अप*राधलाई ढाकछोप गर्ने विचारको पक्षमा छैन । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्रा*उ गरिएको भन्दै देउवा सरकारविरुद्ध आक्रामक बने सँगै कार्यकर्ताहरु देउवाको विरोधमा सामाजिक सञ्जालमा छन ।

नेपाली कांग्रेसका कार्यकर्ता राम बहादुर कार्की लेख्छन:

“शेर ब.देउवाले मोहम्मद आफतब आलमकै पक्राउलाई इंगितगरी त्यस्तो अभिव्यक्ति दिएको हैनहोला,नहोस ! यदी होभने अब ईट्टा पोल्ने सिजन सुरु हुँदैछ,ईट्टा भट्टाको तातो चिम्निमा देउबाजीलाई एकपल्ट सेकाएर हेरौ,कस्तो हुन्छ ? हुँनत म पनी काँग्रेसकै प्राजातान्त्रिक बिचारसंग नजिक छु । तर अपराधलाई ढाकछोप र पक्षपोषण गर्ने यस्तो गैरजिम्वार अभब्यक्ति दिने नेता र बिचारको पक्षमा छैन । सच्चा देशभक्त नेपाली र काँग्रेसका ईमान्दार सुभचिन्तकहरुले देउबाको हैन काँग्रेस र देशको पक्षमा बोलौ ।
जयनेपाल ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *