मनोरंजन

सोनाक्षीको गीत अहिलेसम्मकै बकवास

एजेन्सी– गायक अमाल मलिक र अभिनेत्री तथा गायिका सोनाक्षी सिन्हाको सम्बन्ध त्यति राम्रो छैन । त्यसैले पनि हुनुपर्छ मलिकले सोनाक्षीको आज मूड वाला गीतलाई बकवास भनिदिएका छन् ।

यो एउटा कार्यक्रममा अमालले भनेका हुन् । उनको यो अभिव्यक्तिले अहिले बलिउडमा निकै ठूलो तरंग पैदा गरेको छ ।

त्यसो त अमाल र सोनाक्षीबीच केही अघि देखि नै विवाद रहेको थियो । यो चाहिँ गायक र अभिनेताको विषयमा उठेका प्रश्नहरुका कारण थियो ।

यो पनि पढ्नुहोस :क्याट्रिनाले दुई वर्षअघि देखेको सपना एजेन्सी– बलिउड अभिनेत्री क्याट्रिना कैफले आफ्नो ब्युटी ब्रान्ड के बाई क्याट्रिना लन्च गरेकी छिन् । बुधबार अभिनेत्री कैफले इन्स्टाग्राममा एउटा भिडियो राख्दै आफ्नो ब्रान्डको एक झलक देखाएकी छिन् । यसको क्याप्सनमा उनले लेखेकी छिन्– अब तयार भयो, २२ अक्टोबरदेखि उपलब्ध हुनेछ ।

त्यति मात्र होइन, उनले आफूले दुई वर्षअघि यो सपना देखेको र त्यसलाई अहिले निरन्तरता दिएको बताएकी पनि छिन् । उनले आफ्नो ब्युटी प्रोडक्टले निकै राम्रो काम गर्ने दाबी पनि गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *