मनोरंजन

कति छ चर्चित अभिनेता सुर्याको सम्पत्ति ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् सुर्या । उनको रियल नाम स्रवनन शिवकुमार हो । उनले फिल्म क्षेत्रमा अभिनयमात्र नभइ फिल्म निर्माणमा पनि हात हालेका छन् ।

उमेरले ४३ लागेका उनी दक्षिण भारतीय फिल्मका एक महँगा अभिनेता हुन् । उनको जन्म चेन्नइमा भएको हो । उनको स्कुले पढाई पिएसवीवी मिलेनियममा भएको हो ।

उनले कलेजको पढाइ भने लोयोला कलेज चेन्नइबाट गरेका हुन् ।

उनले दक्षिण भारतीय फिल्ममा सन् १९९७ मा नेरुकु नेरबाट डेब्यु गरेका हुन् ।

उनको पिता शिव कुमार पनि अभिनय क्षेत्रमा रहेका थिए । फिल्म क्षेत्रमा जम्न उनलाई खासै कठिन भएन । उनका दाई कर्थी पनि दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् ।

उनलाई लङ ड्राइभमा जान, क्याम्पिङ गर्न मन पर्छ ।

उनको मनपर्ने अभिनेताहरु कमल हसन, रजनीकान्त हुन् । उनले अभिनेत्री जोतिकासँग सन् २००६ सेप्टेम्बर ११ मा विवाह गरेका थिए । उनीहरुका दुई सन्तान रहेका छन् । उनले एउटा फिल्ममा अभिनय गरेबापत ३० देखि ५० करोडसम्म लिने गरेका छन् ।

उनको २५ मिलियन डलर बराबरको सम्पत्ति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *