राजनिति

जुनसुकै ओहदामा पुगे पनि अपराध गर्नेले दण्ड पाउनुपर्छ: गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले अपराध गर्ने व्यक्ति जुनसुकै ओहदाको भए पनि दण्ड पाउनुपर्ने बताउनुभएको छ।

कांग्रेस नेता मोहम्मद अफताब आलम पक्राउ परेको घटना र त्यसमा सरकारको षडयन्त्र रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको शुक्रबारको भनाइतर्फ संकेत गर्दै नेता थापाले कुनै पनि घटनाको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने भन्दै निष्पक्ष छानबिनका लागि सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताउनुभएको हो ।

जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ।दोषीको …

Posted by Gagan Thapa on Saturday, October 19, 2019

नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘जोसुकै होस्, जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै ओहदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ। दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ । निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो । यही हो काँग्रेसको धारण। । बाँकी सबै व्यक्तिगत धारणा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *