Uncategorized

मोरङमा ‘बुहारि’लाइ छोरी सरह घरबाटै कन्यादान,

मोरङको केराबारी ९ भलुवाका कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् । २०६७ साल असार १४ गते २४ वर्षको अल्पायुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन भएपछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह उनीहरुले विवाह गरिदिएका हुुन्।

दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले गाउँका आफन्त तथा भद्रभलादमी सबै बोलाएर झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग विहीबार विवाह गरिदिएका हुन ।

सुनिता र पुण्यप्रसादबिच २०६५ सालमा विवाह भएको थियो । विरामी हजुरबालाई उपचार गर्न अस्पताल लैजादै गर्दा मोटरसाईकल दुर्घटनामा परी पुन्यको निधन भएको थियो । त्यतिखेर सुनिताको छोरी डेडवर्षको मात्र रहेकी थिईन् । पोख्रेल केराबारी ९ कै घंघरुस्थित स्वास्थ्य संस्थामा कार्यरत थिए ।

श्रीमानको निधन पश्चात घरपरिवारको सल्लाह र सहमतिमा छोरी सहित सुनिता माईतमै बस्दै आएकी थिईन् । माईतमा बसेर शिक्षण गर्दै आएकी उनको छोरी अहिले १३ वर्षकी भएकी छिन् । आफ्नो एकल बुहारीलाई कुवेर प्रसादले आफ्नो रितीरिवाज विवाह गरी विदाई गरेपछि पोख्रेल परिवार मात्र होइन, छरछिमेक पनि खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *