प्रमुख समाचार

गरिबलाइ एक रुपैया नछाड्ने सरकार एनसेलले अर्बौ ठग्दा किन बोल्दैनन् ?

काठमाडौं । नायिका रेखा थापाले गरिबलाइ एक रुपैया नछाड्ने सरकार एनसेलले अर्बौ ठग्दा कार्वाही नभएकोमा चिन्ता ब्यक्त गरेकी छिन्। एनसेल आफुले प्रयोग गर्न छाडिसकेको बताउदै तीन करोड नेपाली जनतालाई एनसेल बहिष्कार गर्न आह्वान गरेकी छिन् ।

एउटा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले भनिन्, ‘एनसेलले राज्यलाई अरबौं ठगेको छ , तीन करोड नेपालीले यसलाई बहिष्कार गर्नुपर्छ ।’ उनले एनसेल मात्र नभई राज्यलाई ठग्नेहरुविरुद्ध आफू सधै सडकमा आउन तयार रहेको समेत बताइन् ।

एनसेल प्रकरणमा राज्य दोषी भएकोसमेत उनको भनाई थियो । ‘गरिब नेपाली जनताले कर तिर्नुपर्ने तर एनसेलले तिर्नुनपर्ने ?’ उनले प्रश्न गरिन् । उनले साँच्चै देशलाई माया गर्नेहरुले एनसेलको प्रयोग गर्न नहुनेसमेत बताइन् ।

एनसेलले आर्जन गरेको पैसा विदेशमा पसिना बगाउनेले हेलो भनेको पैसा हो भन्दै किसान र मजदूरको रगत र पसिना चुसे बराबर भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *