Uncategorized

सी जिनपिङको भोजमा श्वेता

दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा ‘स्टेट डिनर’ आयोजना गरिन्। त्यो भोजमा गिनेचुनेका नेताले पनि निम्तो पाएनन्। यस्तोमा कलाकारको उपस्थिति नहुनु सामान्य नै हो। तर सीको भोजमा केही नेता छुटे पनि कलाकार देखिए है ! कलाकारको प्रतिनिधित्व गरेको देखियो अभिनेत्री श्वेता खड्काले।

श्वेतालाई स्टेट डिनरमा निम्ता आएपछि उनले स्वागत कार्डसहितको तस्बिर फेसबुकमा पोट्याइन्। चिनियाँ राष्ट्रपति सहभागी हुने डिनरका लागि उनी गुलाबी रङको साडीमा पुगिन्।

उनले रात्रीभोजमा सहभागी हुन जाँदाका तस्बिर सार्वजनिक पनि गरिन्। तस्बिरमा श्वेताको उत्साह मज्जाले देखिन्छ। यति महत्वपूर्ण कार्यक्रममा निम्तालु हुन पाउँदा को खुसी हुँदैन र !

राजावादी नायिका !
अभिनेत्री सुष्मा कार्कीको पूर्व राजपरिवारसँगको मोह बेलाबखत देखिएकै हो। कहिले पारससँग देखिन्छिन् यी, कहिले पूर्व राजपरिवारका सदस्यसँग !

यसपालि दसैंमा भने उनी पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउँदै गरेको देखियो। लाइनमै बसेर उनले ज्ञानेन्द्रबाट दसैंमा आशीष थापिन्। पूर्वराजा ज्ञानेन्द्रको हातबाट टीका थाप्दा उनी निकै हर्षित देखिएकी थिइन्।

ज्ञानेन्द्रको हातबाट टीका लगाउँदै गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै लेखिन् ‘राजा’। कुनै समय ठिकठिकै चलेको शुष्माको करिअर अहिले रिटायर्डझैँ भइसक्यो अर्थात् पूर्व अभिनेत्री समान। पूर्व अभिनेत्रीमा पलाएको पूर्व राजाको सम्मान हेर्न लायक हुने नै भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *