खेलकुद

रियलको अप्रत्यासित हार

एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिड पराजित भएको छ। शनिबार राति भएको खेलमा रियल नवप्रवेशी क्लब मार्लोकासंग १–० ले पराजित भएको हो ।

खेलको सातौ मिनेटमा लाजो जुनियरले गरेको गोल रियललाई स्तब्ध पार्न पर्याप्त रह्यो । ७४ औ मिनेटमा ओड्रिजोला रातो कार्ड खादै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।

रियलको यो सिजनको पहिलो हार हो । जितपछि रियलले शीर्ष स्थानको अग्रतालाई गुमाउन पुगेको छ । शनिबारको खेलमा जित निकाल्दै बार्सिलोनाले तालिकाको शीर्ष स्थान कब्जा गरेको छ ।

रियल १८ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाले रियलसंग एक अंकको अग्रता लिएको छ । जितअघि मार्लोका रेलिगेशन जोनमा रहेको छ । क्लब १० अंक जोड्दै तालिकाको १४ औ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *