मनोरंजन

चर्चामा साराको बक्सिङ भिडियो

बलिउड अभिनेत्री सारा अली खानले आफ्नो इन्स्टाग्राममा आफ्नो नयाँ भिडियो पोस्ट गरेकी छन्, जहाँ उनी बक्सिङको अभ्यास गरिरहेकी छन् । अभिनेत्री साराले शनिबार यस भिडियोलाई पोस्ट गरेकी हुन् ।

साराको यस भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ । साराको यस भिडियो हेरेर सबैले उनको तारिफ गरिरहेका छन् । पछिल्लो समय सारा अभिनेता रणवीर सिंहको फिल्म ‘सिम्बा’मा देखिएकी थिइन् । उनको दुई वटा फिल्महरु रिलिजको तयारीमा छन् ।

कुली नम्बर–१ मा उनी अभिनेता बरुण धवनको अपोजिटमा देखिदैछन् । यो फिल्म १ मे २०२० बाट दर्शकमाझ रिलिजमा आउँदैछ । यसै फिल्ममार्फत बरुण र साराले पहिलो पटक स्क्रिन सेयर गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *