मनोरंजन

‘जीवन काँडा कि फूल’ कार्तिक २२ मा

मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ कृतिमाथि निर्माण भएको फिल्म आउँदो कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । जन्मजात मस्तिष्क पक्षघातबाट पीडित झमकले भोगेको पीडा र सङ्घर्षलाई पर्दामा उतारिएको फिल्मको निर्देशनसंगै निर्माण समेत विनोद विष्टले गरेका हुन् ।

यसमा झमक सानो छँदाको भूमिका सिलगुडिकी अवस्था थापाले निभाएकी छन् । भने, ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै, झमककी बहिनीको भूमिका अभिनेत्री सारिका घिमिरेले निभाएकी छन् । बुबाको भूमिकामा अभिनेता किशन सुना र आमाको भूमिकामा अभिनेत्री उमा गिरी छन् ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा तथा संवाद रहेको फिल्ममा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ । भने, नृत्य निर्देशक कमल राई हुन् । बद्री चौहान र उमेश सुवेदी कार्यकारी निर्मातामा रहेको फिल्ममा शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

फिल्मको सह-निर्माता जुनु गौतम हुन् । साहित्यकार घिमिरे सानो छँदाको पुरानो घर र पुस्तकमा वर्णन गरिएअनुसारको दृश्यका लागि कृत्रिम घर निर्माण गरि अधिकांश छायांकन जन्मथलो कचिडे (धनकुटा) मा गरिएको थियो । फिल्मको सुरु र अन्त्यमा झमक स्वयं देखिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *