खेलकुद

विश्वकप छनोटः यूएईले पराजित गर्‍यो टेष्ट राष्ट्र आयरल्याण्डलाई

एजेन्सी । अस्ट्रेलियामा हुने टी–२० विश्वकपको ग्लोबल छनोटमा यूएईले टेष्ट राष्ट्र आयरल्याण्डमाथि शानदार जित निकालेको छ। अबुधावीमा शनिबार भएको खेलमा यूएईले आयरल्याण्डलाई ५ विकेटले पराजित गर्दै ग्लोबल छनोटमा पहिलो जित निकालेको हो।

आयरल्याण्डले दिएको १२५ रनको लक्ष्य यूएईले मात्र १७ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। यूएईका लागि रोहन मुस्ताफाले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ३९ रन बनाए। यस्तै ड्यारियस डी सिल्भा र मुहम्मद उस्मानले समान २९ रन बनाए। आयरल्याण्डका डेभिड डेलानी, बोयड र्‍यांकिङ र मार्क एडेरले समान १–१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिण्को निम्तो पाएको आयरल्याण्डले पौल स्टर्लिङको अर्धसतकिय पारीमा १२५ रन बनाएको थियो। स्टर्लिङले ५८ बल खेलेर ९ चौकाको सहयोगमा ७२ रन बनाए। यस्तै केभिन ब्रायनले १४ तथा मार्क एडेर १३ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। यूएईका रोहन मुस्ताफाले ४ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *