अन्तरास्ट्रिय

इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्नु अगाडि कार थिएन

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग प्राय चर्चामा आइरहन्छन्। कहिले भारतलाई युद्धको धम्की दिएर चर्चामा आउँछन् त कहिले चीनसँग सम्बन्ध विस्तार गरेर चर्चामा आउँछन्। यी र यस्तै विषयलाई लिएर इमरान खान चर्चामा रहन्छन्।
आज हामी इमरानसँग सम्बन्धित अर्कै विषयमा जानकारी दिन गइरहेका छौं।

के तपाइँलाई थाहा छ , इमरान खान प्रधानमन्त्री बन्नु पहिला कुन कारमा यात्रा गर्थे? थाहा छैन भने हामी जानकारी दिन्छौं। इमरान खान आफ्नो समयको सबैभन्दा लोकप्रिय स्पोर्टस् पर्सनालिटी थिए। इमरान खानको नेतृत्वमा नै पाकिस्तानले १९९२ को क्रिकेट विश्वकप जितेकोको थियो।

त्यसपछि इमरान राजनीतिमा प्रवेश गरे। र, उनले तहरीक–ए–इन्साफ पार्टी गठन गरेर अध्यक्ष बने। इमरान खानसँग करोडौं रुपैयाँको सम्पत्ति छ। तर चुनाव भन्दा पहिला उनको नाममा एउटा पनि कार थिएन। तर चुनाव भन्दा पहिला उनलाई टोयोटा ल्याण्ड क्रुजरमा यात्रा गरेको देखिएको थियो।

यस्तोमा यदि उनीसँग आफ्नो निजी कार थिएन भने यो टोयोटा ल्याण्ड क्रुजर कार कहाँबाट आयो? तर के पक्का हो भने यो कार इमरान खानका होइन। यदि उनको हुन्थ्यो भने त्यसको जानकारी निर्वाचन आयोगलाई दिनुपथ्र्यो। यसरी हेर्दा यो कार उनको पार्टीको हुनुपर्छ वा उनलाई कसैले उपहार स्वरुप दिएको हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *