मनोरंजन

सन्तोष पन्तले ‘हिजो आजका कुरा’ सिनेमा बनाउँदै, छोरा बने निर्देशक

एक समयको अत्याधिक लोकप्रिय टेलिश्रृखंला ‘हिजो आजका कुरा’ अब सिनेमाको पर्दामा आउने भएको छ।शुक्रबार कलाकार सन्तोष पन्तले आफूले लामो समय निर्माण र निर्देशन गरेको लोकप्रिय टेलिश्रृखंलाको नाममा सिनेमा बनाउन लागेको घोषणा गरे।

सिनेमालाई उनका छोरा साकार पन्तले निर्देशन गर्नेछन्। सिनेमामा सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका हुनेछ।तिहार पछि फ्लोरमा जाने कमेडी ड्रामामा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी र सविन शाक्यको अभिनय रहनेछ। यसैगरी सिनेमाबाट दुई नयाँ कलाकारले डेब्यू गर्ने भएका छन्।

सिनेमाबाट विनायक कुईंकेल र अनुष्का अधिकारीले डेब्यु गर्नेछन् ।‘हिजो आजका कुरा’ नेपाल टेलिभिजनको स्क्रिनमा झन्डै १८ वर्ष प्रसारण भएको थियो।

सिनेमाले काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयलाई आफ्नो कथा बनाएको छ।

पन्त फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा निर्देशक साकार र कलाकार पन्तको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *