मनोरंजन

अचेल यसकारण तनावमा छिन् साम्राज्ञी

ड्रिम्सबाट साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लामो रेसको घोडा मानियो।तर अरु धेरै कलाकारजस्तै साम्रज्ञीले आफूप्रतिको अपेक्षा पूरा गर्न सकिन्न्।फिल्म चयनमा मात्र चुकिनन्, अभिनय पनि खस्कँदै गएको खबर आजको नेपाल साप्ताहिकले छापेको छ।

ए मेरो हजुर २ र इन्टु मिन्टु लन्डनमा बाहेक अन्य फिल्मको व्यापार उत्साहजनक भएन।अहिले त झन् साम्राज्ञी पूरापूर संकटमा छिन्, दुई फिल्म लगातार फ्लप भएर।१६ लाख लिएर मारुनी खेलिन् तर फिल्मले लगानीसमेत उठाएन।

रातो टीका निधारमाको हालत अझ खराब रह्यो। दुबै फिल्ममा उनीजती चर्चित कलाकार अरु थिएनन्।लगातार असफलताले होला, साम्राज्ञी फिल्मवृत्तमा खास सक्रिय छैनन्।

केकीलाई राहत
केकी अधिकारीले ‘स्वर’बाट बाट नौ वर्षअघि नेपाली फिल्ममा डेब्यू गरेयता फिल्मबाट सबै कुरा पाइन्। पाइनन् त एउटै हिट। यो वर्षको अवधिमा जति फिल्म गरिन्, केकी मुख्य भूमिकामा रहेका कुनै पनि फिल्मले हिटको ट्याग पाएनन्। तर, ‘छ माया छपक्कै’को व्यापारले केकीको फिल्मोग्राफीमा रहेको यो अभाव पूरा गरिदिएको छ। फिल्मले सुपरहिट भएको छ।

केकी अभिनीत ‘नाइँ नभन्नू ल ५’ले पनि हिटको व्यापार गरेको थियो तर फिल्ममा उनी सहायक भूमिकामा थिइन्। यो फिल्म हिट हुँदा पनि क्रेडिट भने उनको भागमा छैन। फिल्म हेर्नेले केदार घिमिरेको तारिफ गरेका छन्। तर, क्रेडिट नपाए पनि अब उनलाई फ्लप हिरोइन भने कसैले भन्न पाउनेछैनन्। एउटै सही, उनको भागमा हिट परेको छ। यसले केकीको करिअरले छलाङ मार्ने त त्यस्तै हो, उनलाई राहत भने दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *