मनोरंजन

‘मुन्नाभाइ–३’ को निर्माणको काम बन्द, यसकारण नबन्ने भयो तेस्रो सिक्वेल

मुम्बइ। संजय दत्तको चर्चित फिल्म सिरिज मुन्नाभाइको तेस्रो सिक्वेलका विषयमा दर्शकमा निकै उत्सुकता छ । सुरुका २ फिल्म सुपरहिट भएकोले यसको तेस्रो सिक्वेल पनि बनाउने भनिएको थियो । राजकुमार हिरानीले निर्माण गर्ने यो फिल्मको विषयमा सस्पेन्स कायमै छ । तर, यसअघिका २ फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ र ‘लगे रहो मुन्ना भाइ’मा महत्वपूर्ण भूमिकामा रहेका बोमन इरानीले भने यसको तेस्रो सिक्वेलको काम बन्द भइसकेको खुलासा गरेका छन् ।

इरानीले भारतीय मिडिया दैनिक भास्करसँग कुरा गर्दै यस्तो खुलासा गरेका हुन् । बोमनले भने ‘मानिसहरुलाई अहिले पनि लागिरहेको छ कि तेस्रो सिक्वेलको काम चलिरहेको छ । तर, सत्य यो होइन । फिल्म बन्द भइसकेको छ । यसको कहानी लेखिएको थियो तर स्वयं निर्माताहरु नै कहानीबाट खुसी थिएनन् ।

पछिल्ला २ भागको कहानीसँग यो कहानी मिल्दैनथ्यो । त्यसैले अब यो फिल्म बन्ने छैन । सत्य यो पनि हो कि मुन्ना भाइ सिरिजको अर्को फिल्मको घोषणा गरेर औसत फिल्म नै बनाइदिए त्यो पनि चल्छ । तर फ्रेन्चाइजीको यस्तो कुनै सोच छैन । निर्माता यो बिल्कुल चाहँदैनन् कि फिल्मको अर्को सिक्वेलले दर्शकलाई निराश बनाओस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *