खेलकुद

धोनी टिममा फर्कने भनिएको टि–२० सिरिजमा विराट कोहली नै नखेल्ने !

काठमाडौं। विश्वकपपछि भारतीय टिमबाट बाहिर रहेका पूर्वकप्तान महेन्द्र सिंह धोनीले कमब्याक गर्ने चर्चा चलेको टि–२० सिरिजमा कप्तान विराट कोहली नै नखेल्ने भएका छन् । अर्को महिना बंगलादेशविरुद्ध हुने ३ टि–२० को सिरिजमा धोनी टिममा फर्कने चर्चा चलेको थियो । बीसीसीआइका नवनियुक्त अध्यक्ष सौरभ गांगुलीले समेत यो सिरिजका लागि टिम छनोट गर्ने बेला छनोटकर्तासँग धोनीका विषयमा कुरा गर्ने बताएका थिए । तर, टिम छनोटको अन्तिम समय आउनै लाग्दा कप्तान कोहली नै नखेल्ने रिपोर्ट सार्वजनिक भएको हो।

कोहली यो सिरिज नखेल्ने भएपछि टिमको कप्तानी रोहित शर्माले गर्ने दावी गरिएको छ । इण्डो एसिया न्यूज सर्भिसको रिपोर्टको हवाला दिँदै टाइम्स अफ इण्डियाले लेखेअनुसार बीसीसीआइका एक अधिकारीले भने ‘कोहली टि–२० सिरिजमा खेल्ने छैनन् । उनलाई आरामको आवश्यकता छ । उनी अस्ट्रेलिया सिरिजपछि आइपिएल, विश्वकप, वेष्ट इण्डिज सिरिज र दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा लगातार खेलेका छन् । खेलाडीको वर्कलोड व्यवस्थापन हाम्रो प्राथमिकता हो ।’

बंगलादेशविरुद्ध खेल्ने टिमको छनोट २४ अक्टोबरमा हुँदैछ । बोर्डका नयाँ अध्यक्ष ासैरभ गांगुलीले टिमको छनोटअगाडि चयनकर्ताहरुसँग महेन्द्र सिंह धोनीको भविष्यको बारेमा कुरा गर्नेछन् । धोनीले विश्वकपपछि एउटा पनि खेल खेलेका छैनन् । ऋषभ पन्तको खराब फर्मलाई मध्यनजर गर्दै बंगलादेशविरुद्धको टिममा धोनीलाई फेरि ल्याइन सक्ने विश्वास गरिएको छ । बीसीसीआइ सूत्रका अनुसार कोहली बंगलादेशविरुद्ध टेस्ट सिरिजमा टिममा फर्कनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *