प्रमुख समाचार

चीनले नेपाललाई १५० मिलियन युआन बराबरको सैन्य सामग्री दिने सम्झौता

३ कात्तिक, काठमाडौं । चीन सरकारले नेपाललाई एक सय ५० युआन बराबरको सैन्य सामग्री उपलब्ध गराउने भएको छ ।

चीन भ्रमणमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र त्यहाँका रक्षामन्त्री वी फेङ्हबीच आइततबार नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।

यसअघि नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङले सहायता उपलब्ध गराउने प्रंतिबद्धता व्यक्त गरेअनुसार आज औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार चिनले मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *