खेलकुद

नेपालले म्यानमार र इन्ग्लिश क्लबसँग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले म्यानमारको राष्ट्रिय टिम र इन्ग्लिश क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली राष्ट्रिय टिमले म्यानमार र इंग्ल्याण्डको क्लबसँग खेल्ने जनाएको छ ।

नेपालले म्यानमारसँग आगामी नोभेम्बर ७ मा खेल्ने जनाएको छ । खेल म्यानमारमा हुनेछ ।

कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेलअघि म्यानमारसँग खेल्न लागेको हो ।

नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग नोभेम्बर १९ मा खेल्नेछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।

यस्तै नेपालले इंग्ल्याण्डको ‘सी’ डिभिजन क्लब एल्डरसट टाउनसँग सन् २०२० को मे २५ मा मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल एल्डरसटको घरेलु मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *