प्रमुख समाचार

नागढुंगा सुरुङमार्गको शिलन्यास भोली

काठमाडौं : नागढुंगा सुरुङमार्गको शिलन्यास सोमबार हुने भएको छ। मुलुकको पहिलो सडक सुरुङमार्गको शिलन्यास प्रधानमन्त्री केपीशर्मा ओलीले गर्ने कार्याक्रम तय भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।

नागढुंगाको चुच्चे पाखामा ३ बजे प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलन्यास गर्ने छन्। सुरुङमार्ग निर्माणको जिम्मा पाएको हाज्मा–आन्द्रो जेभीले क्याम राख्न जग्गा भाडा लिने र निर्माण गरिने स्थान सम्माउने काम सुरु गरिसकेको छ। विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा–आन्द्रो जेभीबीच असोज ६ गते सुरुङमार्ग निर्माण सम्बन्धी सम्झौता भएको थियो। जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको हो।

सम्झौता भएको मितीको ४२ महिनामा भित्रमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गनुपर्नेछ। आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ।

दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ। सडकको लम्बाइ आठ किमि कम हुनेछ। सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *