प्रमुख समाचार

महराको बचाउमा रोशनी नै अदालत पुगेपछि…

काठमाडौं- निर्वतमान कृष्णबहादुर महरा प्रकरणमा रोशनी शाही पुनः अदालतसम्म पुगेकी छन्। आइतबार अदालतमा म्याद थपका लागि महरा पुग्दा उनीपछि निवेदन लिएर पुगेकी हुन्।

रोशनीले अदालतमा आफूलाई प्रहरीले जबरजस्ती गरी दबाब दिएर जाहेरी दिन लगाएको दाबी गरेकी छन्।

महरा र आफ्नो पारिवारिक सम्बन्ध भएको र आफूमाथि बलात्कार नगरेको जिकीर उनले गरेकी छन्।

ad
उनले प्रहरीले पटकपटक आफूलाई जाहेर दिन बार्गेनिङ गरेको अरोप समेत लगाएकी छन्।

शुरुमा महराले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी शाहीले पटकपटक बयान फेर्दै आएकी छन्।

बलात्कार प्रयास गरेको भनेकी उनले केही दिनमा प्रयासमात्र भएको भनिन् भने केही दिनमा यस्तो केही नभएको बयानसमेत सार्वजनिक गरिन्।

उनको यो क्रम अदालतमा पनि देखिएको छ।

उनले जिल्ला अदालत काठमाडौमा आफूविरुद्ध प्रहरीले जबरबजस्ती जाहेरी हाल्न लगाएको भन्दै निवेदन दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *