सूचना प्रविधि

संसारकै लामो उडानको सफल परिक्षण

क्वान्टस कम्पनीको यात्रु बाहक विमनाले संसारकै लामो उडानको सफल परिक्षण गरेको छ । यो विमानले न्युयोर्क देखि सिड्नी सम्मको लगातार उडान भरेको हो । उडान करिब १९ घण्टा १६ मिनट सम्म भएको थियो । न्युयोर्क देखि सिड्नीको दूरी १६ हजार २०० कि. मि रहेको छ । बोइंग ७८७–९ नामकरण गरिएको विमनाले एकै पटकमा १६२०० कि.मिको दुरी तय गरेको हो ।

यस्तै लण्डन देखि सिड्नी सम्मको उडान अर्को महिनामा परिक्षण गर्ने विमना ७८७–९ को योजना रहेको छ । यो रुटमा २०१९ को अन्तिम सम्ममा यात्रा सुरु गर्ने क्वान्टसले निर्णय गरेको छ । क्वान्टसले अहिले सम्म यति लामो दुरीको यात्रु विमना सामान सहित नचलेको दाबी गरेको छ ।

विमानको मात्र नभएर उक्त यात्रामा विमान चालक, यात्रु र अन्य चालक दलको समेत मानसिक परिक्षण गरिएको छ । यसैैगरी लामो दुरीमा क्वान्टस विमानले लन्डन देखि पर्थ सम्मको लगातार यात्रा १७ घण्टामा तय गर्ने गर्छ भने कतार एयरवेजले अकल्याण्ड देखि दोहा सम्मको यात्रा करिब १७.५ घण्टामा तय गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *