मनोरंजन

अजय देवगनको जिन्दगी अब पुस्तकमा

बलिउड सुपरस्टार अजय देवगनको जिन्दगीमाथि पुस्तक लेखिँदै । अजयको जीवन कथा निकै प्रेरणादायी भएका कारण पुस्तक लेखिन लागिएको जनाइएको छ । ९० को दशकमा फिल्म ‘फूल और कांटे’ बाट हिन्दी फिल्ममा अभिनयमा डेब्यू गरेका अजयले बलिउड क्षेत्रमा २८ वर्ष लामो फिल्मी यात्रा तय गरिसकेका छन् । यति लामो समयमा अजयले कयौं उतार–चढावहरु देखेका छन् । अजय एक सफल अभिनेता हुनुको साथै एक निर्माता, निर्देशक, पति र पिता पनि हुन् ।

अजय एक्सन निर्देशक वीरू देवगनका छोरा हुन् । फिल्मी क्षेत्रमा जोडिएता पनि उनले निकै संघर्षपश्चात् आफ्नो स्थान हासिल गरेका छन् । काजोलसँगको प्रेम सम्बन्ध र फिल्म इन्डस्ट्रीमा आफ्नो स्थान बनाउन उनले गरेको संघर्षलाई पुस्तकमा वृस्तीतमा उतारिने भनेता पनि अजयले अहिलेसम्म आफ्नो जिन्दगीमाथि किताब लेख्न अनुमति भने दिइसकेका छैनन् । यद्यपि, उनी सकारात्मक रहेको र उनको अनुमति पछि पुस्तक लेख्न सुरु हुने भारतीय मिडियाले जनाएका छन् ।

अजयले पछिल्लो केही वर्षयता बक्सअफिसमा एकसेएक हिट फिल्म दिइरहेका छन् । फिल्म ‘दे दे प्यार दे’ पनि उनको हिट फिल्म मध्ये एक हो । अर्को वर्ष उनको ‘तानाजीः अनसंग वारियर’, ‘तुर्रम खान’, ‘भुजः द प्राइड अफ इन्डिया’ र ‘मैदान’ फिल्म रिलिज हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *